न्यूजिल्यान्डले नेपाललाई कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि १० लाख डलर ( करिब ११ करोड ६० लाख नेपाली रुपैयाँ) सहयोग गर्ने भएको छ। न्यूजिल्यान्डकी विदेश मन्त्री नानाइ महुताले ट्वीट गर्दै युनिसेफ मार्फत नपाललाई स्वास्थ्य चुनौती सामना गर्न सहयोग गर्ने बताएकी हन्।
साथै उनले नेपाल र न्यूजिल्यान्डको सम्बन्ध सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेको समयदेखि विशेष रहँदै आएको उल्लेख समेत गरेकी छिन्।
Pleased to commit $1m to support Nepal in their COVID-19 response that will go to UNICEF to help with emerging health needs and community resilience. 🇳🇿 & 🇳🇵 have a special relationship dating back to Sir Ed Hillary and Sherpa Tenzing Norgay #manaakitanga
— Nanaia Mahuta (@NanaiaMahuta) May 21, 2021