PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

राष्ट्रपतिविरुद्ध शीतल निवास बाहिर नेविसंघको प्रदर्शन, प्रहरीले पक्राउ गरेका नेतालाई तत्काल रिहा गर्न माग



राष्ट्रपतिविरुद्ध शीतल निवास बाहिर नेविसंघको प्रदर्शन, प्रहरीले पक्राउ गरेका नेतालाई तत्काल रिहा गर्न माग

काठमाडौं : केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार निर्माण गर्न आह्वान गरेको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विरोध प्रदर्शन गरेको छ।

राष्ट्रपतिको निर्णयलाई असंवैधानिक भन्दै शीतल निवास बाहिर प्रदर्शनमा उत्रेका केही विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नरेश विष्ट र श्याम ओझा रहेको संघले जनाएको छ।

संघले तत्काल आफ्ना नेतालाई रिहा गर्न माग गरेको छ। उनीहरुलाई रिहा नगरिए कोरोना संक्रमणको महामारीबिच असहज परिस्थितिमा आन्दोलन गर्ने नेविसंघका महामन्त्री दीपक भट्टराईले बताए।

हाल शीतल निवासमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार निर्माण गर्न १४९ जनाको हस्ताक्षर सहित दाबी पेश गर्न नेताहरु पुगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell