PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

प्रतिनिधि सभा विघटनविरुद्ध बानेश्वरमा सर्वदलीय बैठक बस्दै, १४९ सांसदको तर्फबाट रिट दिनेबारे छलफल हुने



प्रतिनिधि सभा विघटनविरुद्ध बानेश्वरमा सर्वदलीय बैठक बस्दै, १४९ सांसदको तर्फबाट रिट दिनेबारे छलफल हुने

काठमाडौं : प्रतिनिधि सभा विघटनको विरुद्धमा रणनीति बनाउन आज नयाँ बानेश्वरमा सर्वदलीय बैठक बस्ने भएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केही बेरमा बैठक बानेश्वरस्थित संसद भवनमा बस्ने जानकारी दिए। बैठक ११ बजे बस्न लागेको हो।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका १४९ जनाको समर्थनमा रिट दिनेबारेमा छलफल गर्ने र कार्यक्रम बनाउने पौडेलले बताए। प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले कानुनी र राजनीतिक दुबै लडाई लड्नेसमेत उनले बताए। 'अहिले बानेश्वरमा सार्वदलीय बैठक गर्ने। सबै १४९ जना सांसदको रायअनुसार रिट दिने कुरामा छलफल गर्ने कदमविरुद्ध कानुनी र राजनीतिक दुबै लडाई लड्न,' पौडेलले भने।

बिहान ९ बजे कांग्रेस सभापति देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बसेको थियो। सोही बैठकले सर्वदलीय बैठकमा थप छलफल गर्ने निर्णय भएको हो। बैठकले सरकारको कदमविरुद्ध कानुनी र राजनीतिक दुबै लडाई लड्नुपर्ने निष्कर्ष निकालेको थियो। सोही अनुसार विपक्षी दलको सर्वदीलय बैठक बस्न लागेको हो।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै निर्वाचनसमेत घोषणा गरेका छन्। यस कदमको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षले चर्को विरोध जनाएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell