PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सर्वदलीय बैठकका लागि संसद भवन बानेश्वरमा पुगे देउवा, प्रचण्ड र माधव नेपाल



सर्वदलीय बैठकका लागि संसद भवन बानेश्वरमा पुगे देउवा, प्रचण्ड र माधव नेपाल

काठमाडौं : प्रतिनिधिसभा विघटनको विरुद्धमा रणनीति बनाउन विपक्षी दल एक ठाउँमा जुटेका छन्। केही बेरमा नयाँ बानेश्वरमा शुरु हुने सर्वदलीय बैठकमा सहभागी हुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादीक केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल लगायत नेताहरु पुगेका छन्।

बैठकमा कांग्रेसका पार्टी सभापति देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका १४९ जनाको समर्थनमा रिट दिनेबारेमा छलफल गर्ने र कार्यक्रम बनाउने तयारी गरिएको छ।

बिहान ९ बजे कांग्रेस सभापति देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बसेको थियो। सोही बैठकले सर्वदलीय बैठकमा थप छलफल गर्ने निर्णय भएको हो। बैठकले सरकारको कदमविरुद्ध कानुनी र राजनीतिक दुबै लडाई लड्नुपर्ने निष्कर्ष निकालेको थियो। सोही अनुसार विपक्षी दलको सर्वदीलय बैठक बस्न लागेको हो।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै निर्वाचनसमेत घोषणा गरेका छन्। यस कदमको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीका डा बाबुराम भट्टराई तथा उपेन्द्र यादव समूह र एमालेको माधव नेपाल पक्षले चर्को विरोध जनाएका छन्। उनीहरु सबैले मिलेर सरकारविरुद्ध प्रतिवादमा लाग्न आह्वानसमेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell