PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

मध्यावधि निर्वाचनको तयारी सुरु गर्न आयोगलाई प्रधानमन्त्रीको निर्देशन



मध्यावधि निर्वाचनको तयारी सुरु गर्न आयोगलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोग पदाधिकारीसँगको छलफलमा ओलीले आगामी कात्तिक २६ र मंसिर ३ गते हुने गरि घोषणा गरिएको  प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन्।  

उक्त छलफलमा प्रधानमन्त्री ओलीले  राजनीतिक निकास अपरिहार्य भएकाले नै मुलुक निर्वाचनतर्फ नै अघि बढेको बताएका थिए। ‍

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका सिफारिसमा शुक्रवार मध्यरातमा दुई चरणमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति घोषणा गरेका हुन्। राष्ट्रपति भण्डारीले निर्वाचनको मिति तोकेपछि प्रधानमन्त्रीले  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत अन्य आयुक्तसंँग छलफल गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell