PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

म्यानमारमा सूचीको पार्टीलाई खारेज गर्ने तयारीमा निर्वाचन आयोग



म्यानमारमा सूचीको पार्टीलाई खारेज गर्ने तयारीमा निर्वाचन आयोग
Photo : Adam Jones / Flickr

म्यानमारको निर्वाचन आयोगले नेतृ आङ सान सुचीको पार्टी नेश्नल लिग फर डेमोक्रेसी (एनएलडी) खारेज गर्ने तयारी गरेको छ। गत वर्ष भएको निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै सो पार्टी खारेज गर्ने बारेमा आयोगले तयारी गरिरहेको हो।

सेनाद्धारा नियुक्त गरिएका आयोगका अध्यक्ष थेइन सोएले राजनीतिक दलहरुसँग राजधानीमा शुक्रबार भएको छलफलमा सुचीको पार्टी खारेज गर्ने बारेमा आफुहरुले विचार गरिरहेको जानकारी दिएको स्थानीय संचारमाधयमहरुले उल्लेख गरेका छन्।

निर्वाचनकै विषयलाई लिएर सेनाले माघ १९ गते कू गर्नै सत्ता नियन्त्रणमा लिएको थियो। त्यसयता म्यानमानमा दैनिक रुपमा जुन्ता सरकारको विरोध भइरहेको छ। सूचीसहित सयौं नेताहरु र हजारौं सर्वसाधरणलाई पक्राउ गरि राखिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell