PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

वैकल्पिक सरकार बन्ने अवस्थामा संसद् विघटन गर्नु दुःखद् भएको शशांकको भनाइ, सुजाताले भनिन्: निर्वाचन असम्भव



वैकल्पिक सरकार बन्ने अवस्थामा संसद् विघटन गर्नु दुःखद् भएको शशांकको भनाइ, सुजाताले भनिन्: निर्वाचन असम्भव

काठमाडौं : नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै प्रतिनिधिसभा विघटन गर्नु दुःखद् भएको बताएका छन्। कोइरालाले राष्ट्रपतिको आह्वान अनुसार नै वैकल्पिक सरकारको दावी गरिएका अवस्थामा संसद् विघटन गरेर नयाँ निर्वाचन मिति तोकिनु लोकतन्त्र र संविधान विपरीत भएको आरोप लगाएका छन्।

उनले लोकतन्त्र र संविधान रक्षाका लागि एक जुट हुन सबैलाई आग्रहसमेत गरेका छन्।

कांग्रेस नेत्री सुजाता कोइरालाले पनि मध्यरातमा संसद् विघटन हुनु संविधान र लोकतन्त्रमाथिको प्रहार भएको बताएकी छिन्। देश र जनता कोरोना महामारीको पीडाबाट छटपटाइरहेका अवस्थामा संसद् विघटन गरेर मध्यावधि चुनावको मिति तोक्नु दुर्भाग्यपूर्ण भएको उनले बताइन्। सुजाताले कोरोना महामारीका समयमा निर्वाचन सम्भव नभएको जनाउँदै यसले देशलाई अस्थिरता र द्वन्द्वमा लैजाने बताइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell