PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कैलालीमा बढ्दै कोरोना संक्रमितको संख्या



कैलालीमा बढ्दै कोरोना संक्रमितको संख्या

काठमाडौं : दोस्रो लहरको कोभिड १९ संक्रमणबाट कैलालीमा संक्रमित हुनेको संख्या बढ्दै गएको छ। संक्रमितसँगै प्रदेशमा मृत्यु दर पनि वृद्धि हुँदै गएको छ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा एक हजार एक जनाको पीसीआर परीक्षण गर्दा ५३८ जनामा संक्रमण पुष्टि भएको छ।

अस्पतालमा शुक्रबार २२९  र  बिहीबार ४६४ मा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार २४ घण्टाको अवधिमा अस्पतालतमा तीन र गोदावरी नगरपालिकामा चार संक्रमितको निधन भएको छ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ८ का ५८ वर्षीय पुरुष, धनगढी  २ का ६५ वर्षीय पुरुष, धनगढी  १२ का ४२  वर्षीय पुरुष र गोदावरी  ४ का ३५ वर्षीय पुरुष रहेका छन्।

अस्पतलामा मात्रै हालसम्म १४५ को मृत्यु भइसकेको अस्पतालले जनाएको छ। अस्पतालमा हाल १०३ जना संक्रमित उपचाररत् छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell