PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

ओली आत्मसमर्पणवादी भएको माओवादीको आरोप, कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय



ओली आत्मसमर्पणवादी भएको माओवादीको आरोप, कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय
FILE PHOTO

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको निर्णयको विरोध गरेको छ। शनिवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले ओलीको कदमको आलोचना गरेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा विपक्षी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त नगरी राजनीतिक दुराशयका आधारमा संसद विघटनको निर्णयलाई सदर गरेको माओवादीको आरोप छ।

'संवैधानिक रुपमा माननीय शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुको कुनै विकल्प थिएन । तर प्रधानमन्त्री र राष्ट्रपति मिलेर मध्यरातमा प्रतिनिधिसभा विघटन गर्ने घोषणा गरियो। यो २०७७ पौष ५ गतेको प्रतिगामी कदमको निरन्तरताको अर्को कडी हो भन्ने कुरा स्पष्ट छ,' वैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

ओलीले 'राष्ट्रिय आत्मसमर्पणवाद'को अभ्यास गरेको माओवादीको निष्कर्ष छ।

'राष्ट्रिय स्वाधीनताको मुद्दालाई सैदावाजीको बिषय बनाउने सत्तास्वार्थ केन्द्रित राष्ट्रिय आत्मसमर्पणवादको मुख्य भूमिका रहेको छ,' माओवादीले विज्ञप्तिमा भनेको छ।

ओलीको कदम विरुद्ध कानुनी र राजनीतिक लडाइ थाल्ने माओवादीको स्थायी कमिटीले निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell