PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

देउवालाई लक्षित गर्दै ओलीले भने : राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता समेत नेपाली कांग्रेसमा रहेन



देउवालाई लक्षित गर्दै ओलीले भने : राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता समेत नेपाली कांग्रेसमा रहेन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जारी गरेको विज्ञप्तीलाई लिए असन्तुष्टी जनाएका छन्।

सरकारको सिफारिसमा मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गर्नुको विरोधमा देउवाले विज्ञप्ती जारी गरेका थिए। देउवाले राष्ट्रपतिको कदम असंवैधानिक र अनैतिक भएको आरोप लगाएका थिए।

संविधानजस्तो सार्वजनिक दस्तावेजलाई राष्ट्रपति  प्रधानमन्त्रीले निजी सम्पत्ति झैं आफू अनुकुल प्रयोग गरेको देउवाको थप आरोप थियो।

'राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेका छन्,' उनले भनेका छन्।

देउवाले जारी गरेको यही विज्ञप्तीको भाषालाई लिएर ओलीले असन्तुष्टी जनाएका हुन्।

'शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरें। राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता समेत नेपाली कांग्रेसमा रहेनछ' ओलीले बालुवाटारमा आयोजित एक कार्यक्रममा भने।

देउवा लगायत नेपाली कांग्रेसका नेताहरुलाई लक्षित गर्दै ओलीले राजाका अघि निहुरिने व्यक्तिहरुले राष्ट्रपतिलाई 'तिमी, उनी, यसो गरिन्' जस्ता शब्द प्रयोग गरिएकोमा असन्तुष्टसि जनाएका हुन्।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell