PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

विघटनको कारणबारे एमालेको स्थायी कमिटीलाई ब्रिफिङ गर्दै ओली, नेपाल समूहलाई कारवाही बारे छलफल हुँदै



विघटनको कारणबारे एमालेको स्थायी कमिटीलाई ब्रिफिङ गर्दै ओली, नेपाल समूहलाई कारवाही बारे छलफल हुँदै
FILE PHOTO

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको पार्टीको स्थायी कमिटीको बैठक बालुवाटारमा बसिरहेको छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ब्रिफिङ गरिरेहेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्रीले कसरी प्रतिनिधि सभा विघटनको निर्णयमा पुगे भन्ने बारेमा पार्टीका नेताहरुलाई ब्रिफिङ गर्नेछन्।

पार्टीको ह्वीप उलंघन गर्दै प्रतिनिधिसभामा विश्वासको मत दिने प्रक्रियामा सहभागी नहुने र राष्ट्रियसभाको उप-निर्वाचनमा पार्टीको उम्मेद्वारलाई मत नदिने नेताहरुलाई कारवाही गर्ने ऐजेण्डा बैठकको रहेको छ। कस्तो कारवाही गर्ने भन्नेबारेमा बैठकमा छलफल भइरहेको तामाङले बताएका छन्।

नेकपा एमलेको विवाद मिलाउनका लागि १० सदस्यीय कार्यदल गठन गरेको भए पनि एमालेको माधवकुमार नेपाल समूहले नयाँ प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई अघि सारेको थियो। नेपाल समूहका २६ सांसदहरुले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell