PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

ब्याक टु लाइफद्वारा वाग्मती प्रदेशलाई स्वास्थ्य सामाग्री सहयोग



ब्याक टु लाइफद्वारा वाग्मती प्रदेशलाई स्वास्थ्य सामाग्री सहयोग

हेटौंडा : जर्मनीको एक गैरसरकारी संस्था 'ब्याक टु लाइफ'  ले वाग्मती प्रदेश सरकारलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र सामाजिक विकास मन्त्री सरस्वती बस्नेतको उपस्थितिमा सामाजिक विकास मन्त्रालयमा सहयोग सामग्री हस्तान्तरण गरिएको हो।

संस्थाले प्रदेश सरकारलाई २ थान मोबाइल एक्स रे, १८ थान अक्सिजन कन्सनट्रेटर, ५ थान इन्फ्युजन पम्प, ५ थान सिरिन्ज पम्प, २ हजार ७०० फेस सिल्ड, १ हजार १०० वटा पीपीइ गाउन, ३० थान पेसेन्ट मोनिटर, १० थान इलेक्ट्रो कार्डियोग्रामका साथै १ लाखवटा सर्जिकल मास्क र ६ हजार वटा केएन ९५ मास्क प्रदान गरेको हो। सामग्री ग्रहण गर्दै मुख्य मन्त्री पौडेल र मन्त्री बस्नेतले संस्था र जर्मनी सरकारलाई धन्यवाद ज्ञापन गरेका थिए।

ब्याक टु लाइफले सन् २००९ देखि नेपालमा स्वास्थ्य, शिक्षा र सामुदायिक क्षेत्रमा काम गर्दै आएको  छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell