PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

राष्ट्रपति र प्रधानमन्त्रीलाई गोबर उपहार पठाउन खोज्ने नेविसंघ नेता पक्राउ



राष्ट्रपति र प्रधानमन्त्रीलाई गोबर उपहार पठाउन खोज्ने नेविसंघ नेता पक्राउ

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन गर्ने क्रममा नेविसंघका नेता पक्राउ परेका छन्। नेविसंघ पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलगायत विद्यार्थीहरु बानेश्वरबाट पक्राउ परेका हुन्।

उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी तथा केपी शर्मा ओलीलाई गोबर उपहार पठाउने भन्दै प्रदर्शन गरेका थिए। नेविसंघ अध्यक्ष राजीव ढुंगानाले प्रतिनिधि सभा विघटनविरुद्ध सडकमा उत्रन निर्देशन दिएका थिए। त्यसपछि नेविसंघले राँके जुलुस निकाल्नुका साथै पुत्ला दहनसमेत गरेको छ।

प्रदर्शनमा पक्राउ परेका विद्यार्थीलाई तत्काल रिहाई गर्नुपर्ने नेविसंघका महामन्त्रीद्वय दीपक भट्टराई र बलदेव तिमल्सिनाले माग गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell