PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

प्रतिनिधि सभा विघटनविरुद्ध पाँच विद्यार्थी संगठन एकै ठाउँमा



प्रतिनिधि सभा विघटनविरुद्ध पाँच विद्यार्थी संगठन एकै ठाउँमा

काठमाडौं : प्रतिनिधि सभा विघटनको विरोधमा पाँच विद्यार्थी संगठन एकै ठाउँ उभिएका छन्। प्रमुख प्रतिपक्षी दलका नेताहरु एक भएसँगै यसको विद्यार्थी संगठनले पनि आज संयुक्त वक्तव्य निकाल्दै प्रतिनिधि सभा विघटनको विरोध जनाएको हो।

नेविसंघका अध्यक्ष राजिव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, माधव नेपाल समर्थित अनेरस्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका रुपनारायण श्रेष्ठ र अखिल छैटौंकी अध्यक्ष विमला पोखरेलको वक्तव्यमा हस्ताक्षर रहेको छ।

पाँच विद्यार्थी संगठनले जनप्रतिनिधिमुलक र सार्बभौमसम्पन्न वैधानिक संस्था संसदको दोस्रो पटक गरिएको बिघटन सार्वभौम जनतामाथि गरिएको निरंकुश,अधिनायकवादी र प्रतिगामी कदम भएको आरोप लगाएको छ। विद्यार्थी संगठनहरुले सरकारकोविरुद्ध आ-आफ्नो ठाँउवाट शसक्त प्रतिरोध गर्नसमेत अपिल गरेको छ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते मध्यराति प्रतिनिधि सभाको विघटन सदर गरेकी थिइन्। लगत्तै कातिक २६ र मंसिर ३ का लागि निर्वाचन घोषणा गरिएको थियो। राष्ट्रपति र प्रधानमन्त्रीको कदमको चौतर्फी आलोचना शुरु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell