PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

चुनावको तीब्र तयारी !



रवीन्द्र मानन्धर

चुनावको तीब्र तयारी !

खोप जनताले पाउनु या नपाउन् - तीब्र तयारी सुरु भएको छ चुनावको। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन आयोगतिर हस्याङ्फस्याङ जारी छ। आयोगको तयारी तीब्र - ओलीको आदेश शिरोपर गर्दै।

यसैगरी अगाडि बढ्दै गए पक्कै चुनावका सभाहरु हुनेछन्। विरोधमा जुलुस पनि जारी रहने छन्। अनि कल्पना गरौं - तोकेकै मितिमा चुनाव हुनेछ। र, देखिनसक्छ यस्तै खालको दृश्य :

***
पख्नुस्। कुर्नुस् एकछिन। तपाईँ कुन वर्गको? संक्रमित भए उता जानुस्।

म भेन्टिलेटरको। 

ए देख्नु भएन भेन्टिलेटरमा र आइसीयूमा भए पल्लो लाइनमा लाग्ने।

जलाउन लैजाँदैछन्।

रोक्नुस्। आर्यघाटतिरको यात्रामा हो भने तपाईँलाई हाम्रो पार्टीका साथीहरुले सघाउनुहुन्छ - उहाँहरुले मतपत्रमा छाप लगाएपछिमात्र सद्गतका लागि लैजानु।

अनि तपाईँ कुन वर्गको?
... क्रमश। 

***

पहिलो खोप लगाएका वृद्धवृद्धा दोस्रो खोपको प्रतीक्षामा। पहिलो खोप पनि नपाएकाहरु पाउने आशामा। सरकारका मानिसहरुको 'कमिसन नमिल्दा' खोप ल्याउन रोकियो। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन ल्याउने हठ छोडेनन्, खोप ल्याउने विषय प्राथमिकतामा परेन। ओलीको निर्वाचन महत्त्वकांक्षाका लागि मध्यरातसम्म जाग्यो, राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालय। डाक्टरले उपचारका सामग्री, विरामीले अक्सिजन, भेन्टिलेटर र आइसीयू खोज्दा सरकारका कुनै कार्यालय ब्युँझिएनन्। तर, चुनावका लागि वाह! क्या मेहनत। आउनुस सरकारको चुनाव तयारीको तारिफ गरौं।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell