PahiloPost

Jul 3, 2024 | २० असार २०८१

निषेधाज्ञामा पनि रोकिएन पशुचौपाया तस्करी, सशस्त्रद्वारा ४८ रागा/भैंसी नियन्त्रणमा



निषेधाज्ञामा पनि रोकिएन पशुचौपाया तस्करी, सशस्त्रद्वारा ४८ रागा/भैंसी नियन्त्रणमा

वीरगंज : निषेधाज्ञामा पनि भारतबाट नेपालमा हुने रागा/भैंसी तस्करी रोकिएको छैन।

कोरोना महामारी रोकथाम र निषेधाज्ञा पालानामा सुरक्षाकर्मी खटिएको मौका छोपी भारतबाट अबैध रुपमा भित्र्याइएको ४८ वटा राङ्गा-भैसीलाई आइतवार नियन्त्रणमा लिइरहेको छ। सशस्त्र प्रहरी बल १३ नं गण पर्साले जिल्लाको जिराभवानी नाकाबाट आज बिहान ठूलो परिमाणमा भारतबाट भित्र्याउँदै गरेको रागा/भैँसी नियन्त्रणमा लिएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले जानकारी दिए।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट जिराभवानी र भिखमपुरको टोलीले तीन स्थानबाट ४८ वटा रागा-भैसी नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका ३२ रागा भैँसीलाई सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट जिराभवानीमा र १५ वटालाई शसस्त्र प्रहरी बोर्डर आउटपोष्ट भिखमपुरमा राखिएका सशस्त्र प्रहरी उपरीक्षक खड्काले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell