PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कंगो ज्वालमुखी विस्फोट : १५ जनाको मृत्यु, ५०० घर जलेर नष्ट



कंगो ज्वालमुखी विस्फोट : १५ जनाको मृत्यु, ५०० घर जलेर नष्ट
Photo: Monusco/Reuters

कंगोको पूर्वी क्षेत्रमा रहेको गोमामा ज्वालामुखी विस्फोट हुँदा १५ जनाको मृत्यु भएको छ। शनिबार राति माउन्ट निरागंगो विस्फोट हुँदा निस्किएको लाभामा परि हालसम्म १५ जनाको ज्यान भएको स्थानीय मिडियाले उल्लेख गरेका छन्।

यस्तै, लाभा गाउँ पस्दा ५०० भन्दा बढी घर नष्ट भएका छन्। अझै १७० भन्दा बढी बालबालिका बेपत्ता रहेका छन्।

ज्वालामुखी विस्फोटपछि गोमा क्षेत्रका मानिसहरु घर बाहिर निस्किएर रवान्डाको सीमा क्षेत्रमा पुगेका थिए। करिब ५ हजार मानिस रवान्डासँगको सीमा क्षेत्रमा पुगेको बताइएको छ। २५ हजार मानिस सके क्षेत्रमा शरण लिन पुगेका छन्। कंगो सरकारले विस्फोट भएको क्षेत्रमा बसोबास गर्दै आइरहेकाहरुलाई हाल अन्यत्र स्थानतरणको योजना नै बनाएको थियो।

गोमाभन्दा करिब ६ किलोमिटर टाढा रहेको ज्वालामुखी सन् २००२ मा पनि विस्फोट भएको थियो। त्यसबेला २५० जनाको मृत्यु भएको थियो भने १ लाख २० हजार विस्थापित भएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell