PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

अर्घाखाँचीमा निषेधाज्ञा जेठ २० सम्म लम्बाईयो



अर्घाखाँचीमा निषेधाज्ञा जेठ २० सम्म लम्बाईयो

बुटवल : अर्घाखाँचीमा जेठ २० गतेसम्म निषेधाज्ञा  थप लम्बिएको छ। प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले नयाँ आदेश जारी गर्दै वैशाख १० सम्म जारी निषेधाज्ञा थप गरेका हुन्।

अर्घाखाँचीमा कोरोना संक्रमण बढ्दै गएपछि वैशाख २० सम्मलाई  निषेधाज्ञा लागु गरिएको बताइएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जिल्लामा संक्रमणको जोखिम कायमै रहेकोले समुदाय स्तरमा संक्रमणको न्यूनिकरणका लागि निषेधाज्ञा आवश्यक रहेको भन्दै थप गर्न सिफारिस गरेको थियो।

केन्द्रको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारी पौडेलले २० गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको जानकारी दिएका छन्। जिल्लामा पछिल्लो समय कोरोना सक्रमितको सङ्ख्या बढिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell