PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

मालीमा ९ महिनापछि फेरि सैन्य 'कू', राष्ट्रपति र प्रधानमन्त्री पक्राउ



मालीमा ९ महिनापछि फेरि सैन्य 'कू', राष्ट्रपति र प्रधानमन्त्री पक्राउ
File Photo: Amadou Keita/ Reuters

मालीमा सेनाले 'कू' गर्दै राष्ट्रपति र अन्तरिम सरकारका प्रधानमन्त्रीलाई नियन्त्रणमा लिएको छ। सेनाले सत्ता नियन्त्रणका लिँदै राष्ट्रपति बह नडउ र प्रधानमन्त्री  मोक्टर ओउनेका साथै अन्य नेताहरुलाई पक्राउ गरेको स्थानीय मिडियाले उल्लेख गरेको छ।

मन्त्रिमण्डल हेरफेरका क्रममा गत वर्ष 'कू' को नेतृत्व  गरेका दुईजना सैनिकलाई हटाइएपनि सेना फेरि सत्ता कब्जामा ओर्लिएको हो।

९ महिना अघि 'कू' गर्दै तत्कालिन सरकारलाई अपदस्त गरेको सेनाले फेरि सत्ता आफ्नो नियन्त्रणमा लिएको हो। संयुक्त राष्ट्रसंघ र अफ्रिकन युनियनले सैन्य अधिकारीहरुलाई राष्ट्रपति र प्रधानमन्त्रीलाई तत्काल रिहा गर्न चेतावनी दिएको छ। दुवै संस्थाले अन्तर्राष्ट्रिय समुदायले मालीमा सैन्य शासनलाई मान्यता नदिने बताएको छ। अमेरिका, बेलायत, फ्रान्स जर्नी र वेस्ट अफ्रिकन ब्लकले समेत यसमा सहमति जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell