PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

ईश्वरको कवितासंग्रह 'लीला'



ईश्वरको कवितासंग्रह 'लीला'

काठमाडौं : कवि ईश्वर थोकरको कविता संग्रह लीला सार्वजनिक भएको छ। १४ कविता समेटिएको कविता संग्रह हालै प्रकाशन भएको हो।

१६ पृष्ठको संग्रहको आवरण कला शब्दघरले बनाएको हो। श्रीमती लीला पुनलाई समर्पित गरेर लेखिएका प्रेम कविताहरु संग्रहमा समेटिएको थोकरले बताए।

स्वीकृति थोकर, भक्तपुरले प्रकाशन गरेको किताबको मुल्य १५० रुपैयाँ तोकेको छ।

ईश्वरको यसअघि पिङ्गाई (गजलसङ्ग्रह, २०६८), प्लिक्सी (कवितासङ्ग्रह, २०६९), नोरी (कवितासङ्ग्रह, २०७४), ल्हुइला गोङमा (संस्मरणसङ्ग्रह, २०७६) प्रकाशित छन्।

पिङगाई र ल्हुइला गोङ्मा तामाङ भाषाको र प्लिक्सी, नोरी र लीला कृति नेपाली भाषामा लेखिएका कृति हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell