PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

बुद्ध जयन्तीका दिन एक हुँदै अमेरिकास्थित दुई तामाङ संस्था



बुद्ध जयन्तीका दिन एक हुँदै अमेरिकास्थित दुई तामाङ संस्था

न्युयोर्क : अमेरिकाको न्युयोर्कस्थित दुई तामाङ संस्थाबीच आज एकता हुने भएको छ। सानुमाया तामाङको अध्यक्षतामा रहेको तामाङ सामाज अमेरिका र छेमाङ तामाङको अध्यक्षतामा रहेको तामाङ सोसाइटी अफ अमेरिकाबीच एकता हुन लागेको हो।

न्युयोर्कको मुस्ताङ थकाली किचेनमा स्थानीय समयअनुसार ६ बजे एकता घोषणा कार्यक्रम हुने तय गरिएको छ। तामाङ समुदायको हितका लागि क्रियाशील रहेको दुई संस्थाबीच यसअघि पनि एकताको प्रयास भएको थियो। बुद्ध जयन्तीकै दिन एकता हुन लागेकोमा दुई अध्यक्षले खुसीसमेत व्यक्त गरेका छन्। दुई अध्यक्षले खुशी व्यक्त गर्दै यस ऐतिहासिक एकता घोषणा सभामा उपस्थित हुन सबैलाई निमन्त्रणा गरेका छन्।

'तामाङ समाज अमेरिका र तामाङ सोसाइटी अफ अमेरिकाबीच यही मिति मे २६, २०२१ का दिन एतिहासिक घोषणामार्फत एकता हुन गइरहेको व्यहोरा यस निमन्त्रणमार्फत यहाँलाई अवगत गराउन पाउँदा हामी अत्यन्तै हर्षित छौं,' निमन्त्रणामा भनिएको छ। सोसाइटी सन् २००२ मा स्थापना भएको हो भने समाज २०१८ मा स्थापना भएको हो।

दुई संस्थाबीच एकताका लागि विभिन्न सहमतिहरुसमेत बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell