PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

दूरबिन विधिबाट शल्यक्रिया गरी निकालियो फोक्सोभित्रको फलाम



दूरबिन विधिबाट शल्यक्रिया गरी निकालियो फोक्सोभित्रको फलाम

वीरगंज : प्रदेश २ को एक घाइतेको दुरबिन विधिबाट शल्यक्रिया गरी फोक्सोभित्र फसेको फलामको टुक्रा निकालिएको छ। गण्डकमा रहेको नारायणी बयोधाको चिकित्सक टोलीले सोमवार साँझ पप्पु बोहराको फोक्सोबाट फलामको टुक्रा निकालेका हुन्।

वीरगंजको एक कारखानामा कार्यरत आसाम भारत निवासी बोहराको, कामकै सिलसिलामा भएको दुर्घटनामा फलामको एउटा टुक्रा वेगले उछिट्टिएर उनको दाहिने छाती छेडेर फोक्सोमा पुगेको थियो। दुरबिन विधि(भिडिया असिसटेड थोराकोस्कोपिक सर्जरी–भिएटिएस)ले गरिने यो शल्यक्रिया निकै जटिल मानिन्छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रजनीश भारतीका अनुसार डा. सौरभ शर्माको टोलीले दुरबिन विधिबाट सफल शल्यक्रिया गरी उक्त फलामको टुक्रा निकालेको जनाए। दुरबिन विधिबाट अपरेसन भएकोले सानो घाउबाट नै अपरेशन गर्न सम्भव भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell