काठमाडौं : काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको फेसबुक पेजमा मंगलबार साँझ तिर एउटा स्टाटस अपडेट भयो। उक्त स्टाटस्मा लेखिएको थियो - sedrtyuhygtfredwsqa।
अंग्रेजीमा लेखिएको उक्त स्टाटस केही बेरमा चर्चित बन्यो। ५ मिनेट पुग्दा पौडेलको फेसबुक स्टाटस् ३८ पटक सेयर भइसकेको थियो। कमेन्ट ३०७ भन्दा बढी पुगेको थियो।
कमेन्टमा कतिले 'कुरा नबुझेको' भनी व्यंग्य गरेका छन् भने केहीले फेसबुक नातिले चलाएछ कि क्या हो भनी प्रश्न गरेका छन्। एक जनाले पार्टी सभापति शेरबहादुर देउवासँग जोड्दै भनेका छन्, 'शेरबहादुरसित कुरा गर्दागर्दै यता टाइप भएछ।'
यसरी नै अर्को प्रयोगकर्ताले देउवालाई गाली गरेको हो कि भनेर आशंका गरेका छन्। 'शेर बहादुर दाइलाइ गाली गर्या जस्तो छ त । Sedrt ' ती प्रयोगकर्ताले लेखेका थिए।
उक्त स्टाटस अपलोड हुनसाथ पौडेलको सचिवालयमा धेरैले सम्पर्क गरेका थिए। त्यसलगत्तै स्टाटस अपडेट भएको झन्डै पाँच मिनेटपछि पौडेलले स्टाटस डिलिट गरेका छन्।