PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

'यास' आँधीको प्रभाव नेपालमा पनि, नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह



'यास' आँधीको प्रभाव नेपालमा पनि, नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
Photo : DNA INDIA

काठमाडौं : बंगालको खाडीमा विकास भएको 'यास' सामुद्रिक आँधीको प्रभावले नेपालमा पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले एक सूचना जारी गर्दै आँधीका कारण नेपालको पूर्वी भूभागबाट वर्षा सुरु भई पश्चिमतिर वर्षा हुने सम्भावना रहेको जनाएको हो। विभागले वर्षाका कारण प्रदेश नं. १, वाग्मती,गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा बहने स-साना नदीहरुमा बहाव बढ्ने र केहिमा सतर्कता तहसम्म पुग्न सक्ने बताएको छ। यस्तै, प्रदेश २ र लुम्बिनी प्रदेशका तराई क्षेत्रका साना नदिहरुमा समेत आकस्मिक बाढी समेत आउने सम्भावना रहेको जनाएको छ।

बाढी आउने सक्ने हुनाले जेठ १२ गते रातिदेखि जेठ १५ गतेसम्म नदिको तटिय क्षेत्र तथा तराईका डुबान हुने होचा स्थानहरुमा उच्च सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

उक्त आँधीका कारण भारतमा कयौंको मृत्यु भएको छ हजारौं विस्थापित भएका छन्।   

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell