काठमाडौं : प्रतिनिधिसभा विघटन विरुद्धमा परेका रिटको सुनवाइ आजबाट सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा अहिले सुनुवाइ भइरहेको हो। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा आएका ३० वटा रिटमध्ये अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ जबराको इजलासमा भइरहेको हो।
बहसका क्रममा अधिवक्ता लोकेन्द्र ओलीले फेरि प्रतिनिधिसभा विघटन हुँदा गम्भीर संवैधानिक व्याख्या गर्नुपर्ने भएकाले बृहत् संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन मुद्दा हेर्नुपर्ने माग गरेका छन्।
उनले इजलास सामु निर्वाचन, विघटन र त्यससँग सम्बन्धित सम्पूर्ण काम कारवाही रोक लगाउन अन्तरिम आदेश पनि माग गरे।
बृहत् पुर्ण इजलासमा ५ भन्दा बढी न्यायाधीश हुन्छन्। अघिल्लो पटक प्रतिनिधिसभा विघटन हुँदा पनि कम्तीमा ११ न्यायाधीश भएको बृहत् इजलास मागिएको थियो।