PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

सरकारबाट फिर्ता आउन अस्वीकार गरेका मन्त्रीहरुलाई एमाले सुदूरपश्चिम कमिटीले सोध्यो स्पष्टीकरण



सरकारबाट फिर्ता आउन अस्वीकार गरेका मन्त्रीहरुलाई एमाले सुदूरपश्चिम कमिटीले सोध्यो स्पष्टीकरण

काठमाडौं : नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता हुन नमान्ने तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ।

प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले सरकारबाट फिर्ता हुने निर्णय नमानेको भन्दै मन्त्रीहरु प्रकाशबहादुर शाही, माया भट्ट र कृष्णराज सुवेदीलाई स्पष्टीकरण सोधेको हुन्। उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको छ।

सोमबार बालुवाटारमा स्थायी कमिटीको बैठक बसेर एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने र आफ्ना मन्त्रीलाई २४ घण्टाभित्रै फिर्ता बोलाउने निर्णय गरेको थियो।

सुदूरपश्चिम प्रदेशमा ओली समूहतर्फ ६ र माधव समूहतर्फ सभामुखसहित १९ प्रदेश सभा सदस्य रहेका छन्। मन्त्रीहरु माधव नेपाल पक्षका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell