टोकियो ओलम्पिक सुरु हुन करिब दुई महिना बाँकी छ। अर्कोतर्फ जापानको कोभिड संक्रमणका केसहरु निरन्तर बढिरहेका छन्। इन्टरनेसनल ओलम्पिक कमिटी आइओसीले ओलम्पिक निर्धारित समयमा हुन रटान लगाइरहँदा टोकियो भने अहिले ‘स्टेट अफ इमरजेन्सी’ मा छ।
यसअघि २०२० मा हुने भनिएको ओलम्पिक कोभिड महामारीकै कारण एकवर्ष पछि सरेको थियो। यसपटक जुलाई २३ देखि अगस्ट ८ सम्म ओलम्पिक हुने निर्धारित छ। ४२ वटा भेन्युमा ३३ प्रतिस्पर्धाका ३३९ इभेन्टहरु हुनेछन्। जसमा धेरैजसो खेलहरु ग्रेटर टोकियो एरियामा हुनेछन् भने फुटबल, म्यारथनलगायतका खेलहरु होक्काइडोको साप्पोरोमा हुनेछन्। त्यहाँ पनि अहिले स्टेट अफ इमरजेन्सी लगाइएको छ। त्यस्तै अगस्ट २४ बाट सुरु हुने पारालम्पिकमा २२ खेलका ५३९ प्रतिस्पर्धा २१ वटा भेन्युमा हुनेछन्।
के भइरहेको छ जापानमा?
तुलनात्मक रुपमा जापानमा कोभिड संक्रमण दर कम छ। यद्यपि अप्रिल यता फैलिएको दोस्रो वेभबाट जापान पनि अछुतो छैन। हालसम्म जापानमा ७ लाख २० हजार भन्दा धेरै संक्रमण पुस्टी भएको छ भने १२ हजार २ सयभन्दा धेरैको निधन भइसकेको छ।
कोभिडको संक्रमण दर बढेसँगै जापानका अधिकांश ठाउँहरुमा मे को अन्त्यसम्मका लागि इमरजेन्सी लगाइएको छ।
त्यस्तै भ्याक्सिनेसनको सन्दर्भमा जापान अन्य विकसित राष्ट्रहरुको तुलनामा धेरै पछाडि छ। फेब्रुअरीबाट भ्याक्सिनेसन सुरु गरेको जापानका २.९ प्रतिशत नागरिकले मात्र दुबै डोजको भ्याक्सिन लगाइसकेका छन्।
मे महिनाको अन्त्यतिर आएर मात्र कोरोनाले बढी आक्रान्त भएका टोकियो र ओशाकामा मास भ्याक्सिनेसन सुरु गरिएको थियो। जापानी अधिकारीहरुले जुलाइको अन्त्यसम्ममा ६५ वर्षमाथिका सबै नागरिकले भ्याक्सिन लगाइसक्ने अपेक्षा गरेका छन्।
खेल भेन्युमा कोरोना सतर्कता
कोभिड महामारीका कारण अहिले विदेशीहरुलाई जापान प्रवेशका लागि निषेध गरिएको छ। यसको मतलब स्पस्ट छ: ओलम्पिक यसपटक विदेशी दर्शकवविहीन हुनेछ। हालत नसुध्रने हो भने घरेलु दर्शकको पनि उपस्थिति निषेध हुनसक्ने सम्भावना त्यतिकै छ।
त्यस्तै अन्तर्राष्ट्रिय खेलाडीहरुको जापान जानु अघि र त्यहाँ पुगेपछि कोभिड टेस्ट हुनेछ। त्यस्तै उनीहरु वायोबबलमा बस्नुपर्ने छ। र, स्थानीयसँग घुलमिल हुन पाउने छैनन्। त्यस्तै सबै खेलाडीहरु भ्याक्सिनेट हुन अनिवार्य नहुने भएपनि झण्डै ८० प्रतिशत बढी खेलाडी भ्याक्सिनेट हुने आईओसीको अपेक्षा छ। त्यस्तै खेलहरुका क्रममा दैनिक कोभिड टेस्ट हुनेछ।
के जापानका मानिसहरु ओलम्पिकको पक्षमा छन्?
उत्साहका साथ ओलम्पिकको तयारीमा जुटेको जापानलाई यसपटक ओलम्पिक ठूलै चुनौती बनेको छ। एक त खेलकुदको ठुलो कुम्भमेला र अर्कोतर्फ कोभिड महामारीको भय। आईओसी र आयोजक जापानले ओलम्पिक गराउने गरी तयारी तीब्र पारिरहँदा केही पोलहरुले भने त्यहाँका जनताले ओलम्पिक हालको लागि रोक्नुपर्नेमा बढीको राय रहेको देखाइएको छ। अझ केही शहरहरुले त कोभिड फैलिएमा हेल्थ केयर सिस्टमलाई नराम्रो असर पार्न सक्ने भन्दै ओलम्पिकबाट हात झिक्न सुझाएका छन्। एउटा पोलमा ७० प्रतिशतभन्दा बढी जापानी नागरिकहरुले ओलम्पिक अहिलेको अवस्थामा गराउन नहुने आफ्नो राय दिएका थिए।
मे को सुरुमा डाक्टरहरुको एउटा युनियनले खेल गराउन ‘असम्भव’ भएको भन्दै सरकारलाई सुझाव दिएको थियो। त्यस्तै जापानको चर्चित ब्राण्ड टाइकनले पनि ओलम्पिकलाई निरन्तरता दिने विषयलाई लिएर आलोचना गरेको थियो।
खेलाडीका प्रतिनिधि के भन्छन्?
खेलाडीका कयौं प्रतिनिधि संस्थहरुले ओलम्पिकमा खेलाडीको सुरक्षालाई लिएर चासो ब्यक्त गरेका छन्। ६० देशका ८५ हजार खेलाडीहरुको संस्था वर्ल्ड प्लेयर्स एसोसिएसनले खेलाडीको सुरक्षामा आईओसीले थप चासो दिनुपर्ने भन्दै ध्यानकर्षण गरेको थियो। ओलम्पिकसम्बन्धी पुस्तक लेखेका लेखक जुलेस बोइकोफले न्युयोर्क टाइम्समा लेखे लेख्दै ओलम्पिक स्थगित गरिनुपर्न सुझाएकी थिइन्।
‘एउटा खेल प्रतियोगिता कोभिड १९ को सुपरस्प्रेडर बन्नु हुँदैन,’ उनले लेखेका छन्, ‘आर्थिक लाभभन्दा जनस्वास्थ्य धेरै ठूलो कुरा हो।
अरु देशहरुले के भनिरहेका छन्?
शक्तिशाली देशहरुले प्रतियोगिताको विपक्षमा खास बोलेका छैनन्। जापानमा कोभिडको महामारी बढेसँगै अमेरिकाले ट्राभल वार्निङ जारी गरेको छ। यद्यपि अधिकारीहरुले खेलाडीहरुले प्रतियोगितामा खेलाडी सहभागी हुनेमा विश्वस्त रहेको बताएका छन्।
त्यस्तै विन्टर ओलम्पिक २२ को आयोजक रहेको चीनका राष्ट्रपति सि जिङ पिङले पनि प्रतियोगितालाई सकारात्मक रुपमा लिएको जनाएका छन्।
के ओलम्पिक रद्द हुन सक्ला?
हुन सक्छ - त्यो अपवादको केस युद्ध या कुनै सिभिल डिसअर्डरमा। यसमा सबैभन्दा महत्वपूर्ण पक्षमा भनेको आईओई र जापानबीचको सम्झौता बमोजिममात्र आईओईले ओलम्पिक रोक्न सक्छ।
आईओसीले ७० प्रतिशत रकम ब्रोडकास्टको अधिकारबाट र १८ प्रतिशत रकम स्पोन्सरसिपबाट उठाउने लक्ष्य लिएको छ। यदि खेल नभएको खण्डमा आईओइलाई ठूलो नोक्सान हुनेछ भने आईओइको फाइनाइन्स र ओलम्पिकको भविष्यका गतिविधिलाई पनि ठूलो नोक्सानी गर्नेछ। त्यसैले त आईओई लागि परेको छ सुरक्षा मापदण्ड अपनाएरै ओलम्पिक गराएरै छाड्नमा, भलै त्यो इमरजेन्सी लगाएर नै किन नहोस। बीबीसी