PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

प्रतिनिधिसभा विघटन : संवैधानिक इजलासमा सुनुवाइ सुरु, निवेदकलाई तोकियो १० मिनेटको समय



प्रतिनिधिसभा विघटन : संवैधानिक इजलासमा सुनुवाइ सुरु, निवेदकलाई तोकियो १० मिनेटको समय

काठमाडौं : प्रतिनिधिसभा विघटन विरुद्ध परेका मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरु भएको छ।  

बिहीबार १९ वटा रिटको सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले सबै रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियो।  

शुक्रवार प्रधानन्यायाधीश जबराको नेतृत्वमा ५ सदस्यीय इजलासमा सुनुवाइ सुरु भएको हो। इजलासको सदस्यमा दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमबहादुर श्रेष्ठ छन्। केसी यसअघि पुस ५ को प्रतिनिधिसभा विघटन विरुद्धको संवैधानिक इजलासमा पनि सदस्य थिए।

इजलासले प्रतिनिधिसभा विघटनविरुद्धका २६ र प्रधानमन्त्री ओलीको पक्षका ४ गरी ३० वटा रिटमा सुनुवाइ गर्नेछ।

मुद्दामा बहस गर्न निवेदक र अधिवक्ताको संख्या धेरै भएको हुँदा इजलासले सबैलाई समय तोकेको छ। बहस गर्नेका लागि हरेक निवेदकलाई १० मिनेट समय छुट्याइएको छ। बहसको सुरुवात सन्ताेष भण्डारीले गरेका छन्। वरिष्ठ अधिवक्ताको हकमा भने समय तोकिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell