PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रमुख शाक्यले भने : अस्पतालहरुलाई केन्द्र र प्रदेशले गरेको सहयोग नपुगे महागरलाई सम्पर्क गर्नुस्



प्रमुख शाक्यले भने : अस्पतालहरुलाई केन्द्र र प्रदेशले गरेको सहयोग नपुगे महागरलाई सम्पर्क गर्नुस्

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड १९ को दोस्रो लहरसँग लड्न काठमाडौंमा रहेका विभिन्न सरकारी र सामुदायिक अस्पतालसँग सहकार्य गरिरहेको बताएका छन्।

महानगरले संक्रमण नियन्त्रण र रोकथाममा गरेका प्रयास र भावी चुनौतिहरुबारे जानकारी दिँदै उनले अस्पतालहरुलाई केन्द्र र प्रदेश सरकारले सहयोग गर्दागर्दै नपुगे महानगरलाई जानकारी गराउन आग्रह गरिएको बताए। महानगरले पछिल्लोपटक विभिन्न अस्पताललाई भेन्टिलेटर र अक्सिजन प्लानट निर्माणमा सहयोग गरेको बताउँदै शाक्यले काठमाडौं महानगर भित्र, छिमेकी नगरपालिका र काठमाडौं बाहिरका अस्पताललाई पनि सहयोग गरिरहेको बताए।

'विभिन्न अस्पतालसँग सम्झौता गरेर भेन्टिलेटर दिएका छौं। विशेष कोभिड अस्पताल संचालनमा ल्याइसका छौं क्षेत्रपाटीमा। चारवटा भेन्टिलेटर, ६ आइसियु सहितको ४० श्ययाको अस्पताल संचालनमा छ। नरदेवी र बसुन्धारामा अक्सिजन थेरेपी सहितको अस्पताल निर्माण भएको छ' उनले भने।

महानगर भित्र हाल धेरै आइसोलेनसन केन्द्र बनिरहेको भन्दै उनले घरमा बस्न गाह्रो हुने संक्रमितहरुलाई त्यहाँ जान अनुरोध गरे। हाल आइसोलेसन केन्द्रहरु खाली रहेको भन्दै उनले आफ्नो परिवारमा संक्रमण फैलिन नदिन भएपनि आफू नजिकका आइसोलेसन केन्द्रमा जान उनले अनुरोध समेत गरे।

'कसैलाई घरमा बस्न गाह्रो भयो भने नजिकको आइसोलेसन केन्द्रमा जान म अनुरोध गर्छु। त्यसका लागि सम्बन्धित वडा वा प्रहरी कार्यालयमा सम्पर्क गर्न सकिन्छ' उनले भने।

 

संक्रमितहरुलाई अपराधीको नजरले हेर्न नहुने भन्दै शाक्यले छिमेकी र परिवारले संक्रमितको मनोबल बढाउन लाग्नुपर्ने  बताए। महानगरले पीसीआर परीक्षणको दर बढाएको भन्दै उनले आजबाट एन्टिजेन परीक्षण समेत सुरु भएको बताए। तर, परीक्षणपछि रिपोर्ट नेगेटिभ आए आफू सुरक्षित भनेर नहिँड्न उनले आग्रह गरे।

भने, 'पीसीआर परीक्षणमात्र हो। पीसीआर उपचार र औषधी होइन। नेगेटिभ आयो भनेर बजारमा हिँड्डुल गर्दा परिवारमा संक्रमण फैलिने डर हुन्छ। स्वास्थ्य मापदण्ड पालना नगर्दा सर्न सक्छ। त्यसैले घरबाट बाहिर ननिस्कनु। स्वास्थ्य मापदण्ड पालना गर्नु।'

दोस्रो लहरको संक्रमण ह्वात्तै बढ्दा सरकार र जनता आत्तिएको देखिएको जस्तो देखिएको भन्दै उनले आत्तिएर नभइ संयमित भएर काम गर्नुपर्नेमा जोड दिए।

महानगरले कोभिड र नन- कोभिड बिरामीलाई छुट्टाछुट्टै एम्बुलेन्सको व्यवस्था गरेको जानकारी दिँदै शाक्यले लक्षण देखिने बित्तिकै सम्पर्क गर्न सकिने बताए। महानगरभित्र ११८० र १०२ मा सम्पर्क गरेर एम्बुलेन्सलाई बोलाउन सकिन्छ।

केही दिन अस्पतालहरु धेरै व्यस्त भएको र अस्पतालको भुइँमा राखेर उपचार गर्नुपरेको भन्दै उनले अहिले अवस्थामा सुधार आएको बताए। यद्यपि, संक्रमण जोखिममा भने नघटेको भन्दै उनले स्वास्थ्य मापदण्ड पालना गर्न उनले आग्रह गरे।

महानगरले महानगरबासीलाई मात्र नभइ सिंगो देशबाट आउने मानिसहरुलाई सुविधा दिने समेत शाक्यले बताए। महानगरले त्यसै अनुसार काम गरिरहेको उनको दाबी छ। काम गर्दा केही कमी कजोरी हुनसक्ने भन्दै उनले केही गुनासो भए महानगरमा सम्पर्क गर्न आग्रह गरे।

शाक्यले हाल चिकित्सक, नर्स एवम् स्वास्थ्यकर्मीहरुले दिनरात काम गरिरहेको भन्दै उनीहरुको मनोबल घटाउने काम नगर्न अनुरोध गरे।

भने, 'हामीले पूर्वाधार बनाएर मात्र हुन्न। स्वास्थ्यकर्मीले त्यहाँ काम गर्न सकेन भने त्यसको केही महत्व हुन्न। त्यसैले उनीहरुको मनोबल घटाउने काम नगरौं।'

काठमाडौंमा निषेधाज्ञा लम्बिँदा मानिसहरुलाई खाना समस्या हुने भन्दै खाना खुवाउने व्यवस्था महानगरको समन्यवयमा गर्न सकिने उनले बताए। धेरै संस्थाहरु खाना खुवाउँछु भनेर आउँदै गरेको भन्दै उनले सबैलाई वडासँग समन्वय गरेर काम गर्न सकिने भनिएको बताए। तर सार्वजनिक स्थानमा राखेर खुवाउँदा संक्रमण फैलिन सक्ने भएकोले महानगरले घरघरसम्म खाना पुर्‍याउने व्यवस्था गर्ने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell