PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

यास आँधीको प्रभाव : नवलपुर, डण्डा र बर्दघाट आसपासका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह



यास आँधीको प्रभाव : नवलपुर, डण्डा र बर्दघाट आसपासका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
आउँँदो ६ घण्टाको बर्षाको पूर्वानुमानसहितको नक्सा / जल तथा मौसम विज्ञान विभाग

काठमाडौं : बंगालको खाडीमा विकास भएको 'यास' सामुद्रिक आँधीका कारण नेपालका विभिन्न क्षेत्रमा प्रभाव परेको छ। लगातारको वर्षाका कारण देशभरका विभिन्न नदीहरुको बहाव बढेको छ। जसकारण ती क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

विभागले हाल नवलपुर, डण्डा र बर्दघाट आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टा देखि वर्षा भईरहेको र थप वर्षा हुने देखिएकोले उक्त क्षेत्र भई बहने स-साना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने जनाएको छ। त्यसैले ती क्षेत्रमा रहेका नदीका तटीय क्षेत्रमा शनिबार बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

विभागले यसअघि नै वर्षाका कारण प्रदेश नं. १, वाग्मती,गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा बहने स-साना नदीहरुमा बहाव बढ्ने र केहिमा सतर्कता तहसम्म पुग्न सक्ने बताएको थियो। यस्तै, प्रदेश २ र लुम्बिनी प्रदेशका तराई क्षेत्रका साना नदिहरुमा समेत आकस्मिक बाढी समेत आउने सम्भावना रहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell