PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

स्वास्थ्यकर्मीमाथि आक्रमण दण्डनीय : प्रधानमन्त्री ओली



स्वास्थ्यकर्मीमाथि आक्रमण दण्डनीय : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमितहरुको उपचारमा संलग्न चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाही गरिने बताएका छन्।

देशबासीको नाममा सम्बोधन गर्दै ओलीले महामारीको अवस्थामा दिनरात सेवा गरिरहेका स्वास्थ्यकर्मी माथि आक्रमण दण्डनीय भएको बताएको हुन्। स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नु ड्युटीमा खटिएका सुरक्षाकर्मीमाथि आक्रमण गरिएको जस्तै दण्डणीय हुने उनले बताए।

बिहीबार भेरी अस्पतालमा उपचाररत् एक कोरोना संक्रमितको मृत्यु भएसँगै एक समूहले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको थियो। उक्त कार्यमा ओली निकट प्रदेशका नेताहरु नै संलग्न रहेको बताइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell