PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

वाग्मतीमा विपक्षी मोर्चाको रणनीति : बजेट पास हुन नदिने



वाग्मतीमा विपक्षी मोर्चाको रणनीति : बजेट पास हुन नदिने

हेटौंडा: आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरिरहेको वाग्मती प्रदेश सरकारविरुद्ध विपक्षी दलहरुले मोर्चाबन्दी गरेका छन्। वाग्मती प्रदेशको आठौं अधिवेशन १६ गते बस्दैछ। विभिन्न माग राख्दै सातौं अधिवेशन अवरोध गरेको विपक्षी दलहरु सरकारविरुद्ध मोर्चाबन्दी गरेर नीति तथा कार्यक्रम र बजेट ‘फेल’ गराउनेतर्फ केन्द्रित भएका हुन्।

नीति तथा कार्यक्रम र बजेटलाई लिएर वाग्मती प्रदेश सरकारले सर्वदलीय बैठकमा र पार्टीभित्रै आन्तरिक रुपमा समेत छलफललाई तीब्रता दिए पनि ठोस सहमति र निचोडमा भने पुग्न सकेको छैन।

सदनको मोर्चा बैठकमा

अविश्वासको प्रस्ताव र विपक्षी दलहरुको मोर्चाबन्दीका कारण प्रदेशसभाको सातौं अधिवेशन लगातार अवरुद्ध भएको थियो। लगातार चार पटकसम्म विपक्षी दलहरुले अवरोध गरेपछि प्रदेश सरकारले अधिवेशन अन्त्य गरेको थियो। बजेट अधिवेशनमा विपक्षीको मोर्चाबन्दी र आफ्नै दलभित्रको विवादका कारण नीति तथा कार्यक्रम र बजेट पास नहुने डरले सरकारले सर्वदलीय बैठक आह्वान गरेको थियो। सदनमा देखिएको विपक्षी गठबन्धनको एकता सर्वदलीय बैठकमा पनि देखिएको थियो। बैठकमा सरकार विरुद्धमा विपक्षी दलका नेताहरु चर्को आलोचना गरेका थिए। 

विपक्षीहरुको असहयोगलाई देखाउँदै हतारोमा प्रदेशसभाको सातौं अधिवेशन अन्त्य गरेको डोरमणि पौडेल सरकारले आगामी अधिवेशन बिना अवरोध सञ्चालन गर्न सक्रियता देखाएको हो। विपक्षीका मागहरुको विषयमा लामो समयसम्म बेवास्ता गरेको सरकारले असार १ गते बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था अनुसार प्रदेशसभाको बैठक आह्वान गरेको हो। प्रदेश सरकारको बजेट ल्याउनुभन्दा १५ दिन अगाडि प्रिबजेट सदनमा पेस गर्नुपर्ने व्यवस्था अनुसार सरकारले प्रदेशसभाको बैठक जेठ १६ गतेका लागि आह्वान गरेको छ। 

बैठकमा प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्र, विपक्षी दल कांग्रेस, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिहरु सरकार विरुद्धमा एकजुट छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell