PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

१४ हजारको परीक्षण गर्दा ४४ सयमा देखियो कोरोना संक्रमण, ६०८० जना भए संक्रमणमुक्त



१४ हजारको परीक्षण गर्दा ४४ सयमा देखियो कोरोना संक्रमण, ६०८० जना भए संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १४ हजार ७५२ जानको कोभिड १९ परीक्षण गर्दा ४ हजार ४८७ जानमा संक्रमण देखिएको छ।

१४ हजार ६ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ३११ जनामा र ७४६ जनाको एन्टिजेन परीक्षण गर्दा १७६ जनामा संक्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा ६ हजार ८० जना कोरोना संक्रमण मुक्तहुँदा देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ५०९ पुगेको छ। यस्तै, एकैदिन ११६ जनाको संक्रमणका कारण मृत्यु भएको छ। हाल देशभर संक्रमणका कारण ७ हजार १६३ जनाको मृत्यु भइसकेको छ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell