.jpg)
हुनेछ, सकिनेछ, गरिनेछ...। यसपाला पनि उही कुरोले रफ्तार लियो। स्वास्थानी पाठ गरेको शैलीमा अर्थमन्त्रीले भट्याए - रेलकै कुरो, मेट्रोरेलकै कुरो, सुरुङकै कुरो। अनि चुनाव भए पनि नभए पनि - झटारो त हान्नै परो। चुनाव भए 'नेछ...' हुनु परिगयो। चुनाव भएन भने पनि 'हाम्ले खोजेको हो नि गर्न, काम गर्नै दिएनन्...' भन्नै परो। त्यसैले बजेट उस्तै हो - चुनावै आयो, तिरिमिरी झ्याइँ...। मैले बजाएँ, तपाईँहरु नाच्नुस्।