PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

रुम टु रिडबाट दुई बाल पुस्तक सार्वजनिक



रुम टु रिडबाट दुई बाल पुस्तक सार्वजनिक

कोरोनाका बेला बाल मनोविज्ञानमा आधारीत विषयमा तयार पारिएका दुई बाल पुस्तक सार्वजनिक भएका छन्। बालशिक्षामा कार्यरत संस्था रुम टु रिडले तयार पारेका पुस्तकहरू भवसागर घिमिरेको ‘चक र पाटीको गाउँ यात्रा’ अनि टंक चौलागाइको ‘टाइगरको नयाँ घर’ गत शुक्रवार एक अनलाइन कार्यक्रमका बीच सार्वजनिक भएका हुन्। लामो समय विद्यालय बन्द भएपछि दिक्क भएका चक र पाटी बालबालिका भेट्न गाउँ जाँदाको रमाइला क्षण ‘चक र पाटीको गाउँ यात्रा’मा समावेश छ। यस्तै लकडाउनका बेला एक्लिएर बेसाहारा भएको कुकुरको संवेदनामा अधारित कथा चौलागाइको पुस्तकमा उनिएको छ।

बाल शिक्षामा कार्यरत रुम टु रिड मुख्यालयले गत वर्ष ‘कोरोना कालमा बालबालिका’ विषयमा भारत, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका, तान्जानिया, इन्डोनेशिया, भियतनाम लगायत १० देशका २० लेखक तथा २० चित्रकारहरूलाई यो पुस्तक लेखन कार्यशालामा सहभागी गराएको थियो। लेखक द्वय घिमिरे र चौलागाई तथा चित्रांङ्कनकर्ता द्वय प्रोमिना श्रेष्ठ र उज्वल तामाङ नेपालबाट सहभागी भएका थिए।

गत शुक्रवारको कार्यक्रममा नेपालसहित १० देशका २० पुस्तकहरू एकैपटक सार्वजनिक गरिएको थियो। रुम टु रिड नेपालका प्रकाशन अधिकृत अनन्त वाग्लेका अनुसार अन्य देशका सर्जकसँगै बसेर बाल सिर्जना तयार पार्ने कार्यले सबैको क्षमता निखार्न तथा कोरोनामा बालबालिकाका लागि नयाँ कोशेली दिन पनि सघाउने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell