PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

सरकारलाई विपक्षी गठबन्धनको चेतावनी : हामीले प्रधानमन्त्रीमा दाबी गरेको अवस्था छ, देश र जनतालाई दीर्घकालीन असर पार्ने कुनै काम नगर्नु



सरकारलाई विपक्षी गठबन्धनको चेतावनी : हामीले प्रधानमन्त्रीमा दाबी गरेको अवस्था छ, देश र जनतालाई दीर्घकालीन असर पार्ने कुनै काम नगर्नु

काठमाडौं : विपक्षी दलको गठबन्धनले सरकारलाई दीर्घकालीन असर पार्ने खालको कुनै काम नगर्न चेतावनी दिएको छ। आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै विपक्षी दलले यस्तो चेतावनी दिएको हो।

'प्रधानमन्त्रीका रुपमा हामीले विधिवत् दावी प्रस्तुत गरिसकेको अवस्थामा देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कुनैपनि कामकार्वाई नगर्न सरकारलाई चेतावनी दिन चहान्छौं,' संयुक्त वक्तव्यमा भनिएको छ, 'सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक कामकारबाहीमा सहयोगी नहन राज्यका सबै अंग र निकायहरुलाई पनि आग्रह गर्दछौं।'

पाँच दलका तर्फबाट प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न माग गर्दो सर्वोच्चमा रिटसमेत दायर गरिसकेको छ। उक्त रिटमा सर्वोच्चमा सुनुवाई शुरु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell