PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

दुई न्यायाधीशमाथि अधिवक्ताले जनाए शंका, त्यसपछि कड्किए प्रधानन्यायाधीश, 'छन्ने अधिकार तपाईलाई दिउँ, छान्नुहुन्छ?'



दुई न्यायाधीशमाथि अधिवक्ताले जनाए शंका, त्यसपछि कड्किए प्रधानन्यायाधीश, 'छन्ने अधिकार तपाईलाई दिउँ, छान्नुहुन्छ?'

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्धको बहस संवैधानिक इजलासमा जारी छ। बहसकै क्रममा अधिवक्ता निखलेश कुमार सिंहले न्यायाधीशद्वय तेजबहादुर केसी र बमबहादुर श्रेष्ठमाथि प्रश्न गरेका छन्। दुबै जना संवैधानिक इजलासमा बस्न नसुहाउने उनको भनाई थियो।

दुई न्यायाधीशमाथि सिंहले शंका जनाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कड्किएका थिए। 'डाउट तथ्यपूर्ण हुनुपर्छ। तपाइले छानेको न्यायाधीश बस्नुपर्छ भन्ने होइन। बहस रिजनेबल कानुन र संविधानअनुसार हुनुपर्छ। तपाईंलाई न्यायाधीश छान्ने अधिकार छैन,' प्रधानन्यायाधीशले भने।

प्रधानन्यायाधीश जबराले आफू छाडी १३ जना न्यायाधीश रहेको उल्लेख गर्दै अरुले न्यायाधीश छान्दै हिँड्न नमिल्ने तर्क अघि सारे। 'म छाडी १३ जना न्यायाधीश छन्।  तपाईलाई दिउ तपाईं छान्नुहुन्छ?' उनको प्रश्न थियो।

त्यसैगरी उनले तथ्य कानुन विधान अनुसार प्रश्न उठाउनसमेत अधिवक्तलाई आग्रह गरे। 'मेरो पक्षले इन्कार गर्‍यो, तपाईंले नबसिदिनुस भन्न मिल्दैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell