काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अश्लील गाली आउन थालेको बताएका छन्। तेस्रो महिला अधिकार दिवसका अवसरमा सम्बोधन गर्दै उच्च ओहोदामा रहेका व्यक्तिमाथि अश्लील गालीगलौज हुन थालेको भन्दै विरोध जनाएका हुन्।
ओलीले यस्ता प्रवृत्ति समाजका लागि हानिकारक हुने बताए।
'परपीडक, अश्लील तत्वहरु अहिले पनि घृणा फैलाउने काम गरिरेहका छन्। जसको पनि अपमान गर्न सक्यो। उच्च मर्यादामा रहेका व्यक्तिलाई अश्लील भाषामा गाली गर्ने प्रवृति समाजका लागि कति हानिकारक छ,' उनले भने, 'उनीहरु परपीडकको हिसाबमा छाडापन र अश्लीलताले समाजलाई अल्मल्याउदै छन्। अर्काले पीडा र आँशुमा खुसी हुने प्रवृति देखिन्छ।'
उनले आफू नेतृत्वको सरकार महिला हिसांका घटना नियन्त्रणका लागि संवेदनशील भएको दाबीसमेत गरे।