PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

माधव नेपाल समूहका नेतालाई कारवाही गर्न बालुवाटारमा बोलाइएको एमाले बैठक किन भयो स्थगित?



माधव नेपाल समूहका नेतालाई कारवाही गर्न बालुवाटारमा बोलाइएको एमाले बैठक किन भयो स्थगित?

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ। आइतवार साँझ ५ बजेका लागि बोलाएको बैठक आकस्मिक रुपमा स्थगित गरिएको हो। बालुवाटारमा बोलाइएको आइतवारको बैठक अब सोमवार विहान १० वजे बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

तयारी नपुगेको भन्दै भोलि बिहान सम्मका लागि स्थगित गरिएको उनको भनाई छ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाटै निष्काशन गरिसकेका छन् भने थप १२ जनालाई आजको बैठकमा कारवाही गर्ने तयारी भएको थियो। नेपाल समूहका ११ जनालाई कारवाही भइसकेको छ भने बाँकी १२ जना पनि कारवाहीको प्रक्रियामा रहेको ओली समूहक नेताहरुको भनाई छ।

नेपाल समूहले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएको थिएन भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको छ। हस्ताक्षर गरेका सांसदहरुले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओली विरुद्ध सर्वोच्चमा निवेदन दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell