PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

घट्यो पीसीआर परीक्षणको संख्या : करिब ११ हजारको परीक्षण गर्दा ३७ सय जनामा देखियो संक्रमण



घट्यो पीसीआर परीक्षणको संख्या : करिब ११ हजारको परीक्षण गर्दा ३७ सय जनामा देखियो संक्रमण

काठमाडौं : देशभर कोरोना भाइरस संक्रमण पत्ता लगाउन गरिँदै आएको पीसीआर परीक्षणको संख्या केहीदिन यता घटेको छ। दैनिक करिब २० हजारको पीसीआर परीक्षण हुँदै आएकोमा पछिल्लो २४ घण्टामा १० हजार ९८६ जनाको मात्रै परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आइतबार दिउँसोसम्म १० हजार ९८६ जनाको परीक्षण गर्दा ३ हजार ७०२ जनामा संक्रमण देखिएको छ। यस्तै, एन्टीजेन विधिबाट १ हजार ७८४ जनाको परीक्षण गर्दा ६६७ जनामा संक्रमण देखिएको छ। पीसीआर र एन्टिजेन गरि देशभर आज ४ हजार ३६९ जनामा संक्रमण देखिएको छ।   

यस्तै आज देशभर कोरोना संक्रमणका कारण १०९ जनाको मृत्यु भएको छ।  

पछिल्लो २४ घण्टामा ६ हजार २०५ जना संक्रमण मुक्त हुँदा देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ लाख ८ हजार ८९७ पुगेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell