PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

हेटौंडा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग



हेटौंडा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

हेटौंडा : राष्ट्रिय महिला अधिकार दिवस २०७८ को अवसरमा लैगिंक समानताको लागि पुरुष सहभागिता संजाल (मेन ईगेज एलायन्स) मकवानपुरले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। कोभिड १९ संक्रमण फैलिरहेको अवस्थामा हिंसा पिडित महिला, गर्भवती र सुत्केरी महिला, अपाङ्गता र विपन्न वर्गलाई लक्षित गरि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो।

संजालले अस्पताललाई पीपीसेट, ग्लोब्स्, सेनिटाईजर, हेण्डबास, मास्क, थर्मलगन र अक्सिमिटर लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा वाग्मती प्रदेशसभा सांसद जुनेली श्रेष्ठले महिलाको अधिकार स्थापितको लागि सरकार कटिबद्ध भएको र यस बर्षको बजेट महिलाअधिकार मुखीभएको बताइन्। संजालले यस कोभिड कहरबिच सामाजिक सेवामा लागेर संक्रमित र अस्पताललाई सहयोग गरेको प्रति उनले धन्यवाद व्यक्त गरिन्।

मदन भण्डारि स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौंडाका अध्यक्षराजेश प्रसाईले अस्पताललाई स्वास्थ्य सामाग्री आवश्यक भइरहेको अवस्थामा संजालले उपलब्ध गराएको सामाग्री प्रति धन्यबाद व्यक्त गरे। उनले सामाजिक संस्थाहरुले कोभिडबाट बच्न नागरिकलाई जनचेताना जोगाउनुपर्नेमा जोड दिए।

संजलका अध्यक्ष प्रकाश खतिवडाले कोभिड १९को कहरमा सामाजिक संस्थाले आफ्नो धर्म निवार्त गर्दै अस्पतालको आवश्यकताको आधारमा स्वास्थ्य सामाग्री वितरण गरेको बताए। साथै आउने दिनहरुमा पनि सरकारसँग हातेमालो गर्ने बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell