PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

लुम्बिनीमा राष्ट्रिय सभाको उपनिर्वाचन : एमाले छाडी कांग्रेस पसेका र माओवादी छाडी एमाले पसेकाबीच प्रतिस्पर्धा



लुम्बिनीमा राष्ट्रिय सभाको उपनिर्वाचन : एमाले छाडी कांग्रेस पसेका र माओवादी छाडी एमाले पसेकाबीच प्रतिस्पर्धा

बुटवलः आज लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको खुलातर्फको एक सदस्यका लागि निर्वाचन हुँदैछ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेबाट मतदान हुनेछ। मतदानमा सहभागी हुनेका लागि कोभिड परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ। संक्रमितका लागि छुट्टै मतदानस्थल बनाइएको छ।

उपनिर्वाचनमा दुई उम्मेदवारी चुनावी मैदानमा छन्। कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले उम्मेदवारी दिएका छन्। एमालेको माधव नेपाल समूहले पनि पाण्डेलाई नै समर्थन गरेको छ।

खड्का यसअघि पनि लुम्बिनीबाटै निर्वाचित राष्ट्रियसभा सदस्य हुन्। माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेपछि उनलाई दलले कारबाही गरेको थियो। कारबाहीपछि दल त्यागअनुसार सांसदबाट पदुमक्त भएका थिए।

पाण्डे यसअघि एमालेबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य हुन्। एमालेको सांसदबाट राजीनामा दिएर उनी कांग्रेस प्रवेश गरेका थिए। प्रवेशसँगै उम्मेदवार बनाइएको हो।

राष्ट्रियसभा सदस्य चयनका लागि हुने निर्वाचनमा प्रदेशसभाका सदस्य तथा स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष मतदाता हुने कानुनी व्यवस्था छ। मतभार प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको १८ कायम हुनेछ।

लुम्बिनी प्रदेशका चार मन्त्रीले सोमबार हुने राष्ट्रियसभा उपनिर्वाचनमा मतदान गर्न पाउने भएसँगै मतदाता प्रदेश सांसदको संख्या ८३ पुगेको छ। स्थानीय तहका समेत गरी कूल मतादाता तीन सय पुगेका छन्। स्थानीय तहबाट लुम्बिनीमा २१७ मतदाता छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell