PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

परीक्षण गर्न मानेनन्, मृत्युपछि कोरोना पुष्टि



परीक्षण गर्न मानेनन्, मृत्युपछि कोरोना पुष्टि

पाँचथर : परीक्षण गर्न नमानेका एक पुरुषको कोरोना सङ्क्रमणकै कारण ज्यान गएको छ। पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं ३ चिम्फुलाका ६३ वर्षीय पुरुष आइतवार दिउँसो घरमै निधन भएको हो। फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाने तयारी गर्दैगर्दा उनको घरमै निधन भएको हो।    
    
ती व्यक्तिमा मृत्युपछि गरिएको एण्टिजेन परीक्षणमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको अध्यक्ष कुरुम्बाङले जानकारी दिए। केही दिनअघि नै मृतकको परिवारका सदस्यहरूमा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको थियो। मृतकमा समेत कोभिड–१९ सँग मिल्दाजुल्दो लक्षण देखिएको र उनीबाट आफूहरूमा सङ्क्रमण भएको सङ्क्रमण भएको उनका छोरा, बुहारी तथा छोरीले बताएका थिए।    
    
परिवारका सदस्य, आफन्त तथा स्वास्थ्यकर्मी समेतको आग्रह नमानेका उनमा ज्वरो, रुघाखोकी र झाडापखालाजस्ता समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाने तयारी गर्दागर्दै मृत्यु भएको स्थानीय स्वास्थ्यकर्मीहरूले बताएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell