PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

चीनले फेरि परिवर्तन गर्‍यो सन्तान नीति : अब तीन सन्तान जन्माउन पाउने



चीनले फेरि परिवर्तन गर्‍यो सन्तान नीति : अब तीन सन्तान जन्माउन पाउने
Photo : Reuters / David Kirton

चीनले आफ्नो 'सन्तान नीति' फेरि परिवर्तन गरेको छ। सोमबार चीनले विवाहित जोडीले अब तीन सन्तान जन्माउन पाउने अधिकार दिने नीति घोषणा गरेको हो।  

विश्वकै धेरै जसंख्या भएको चीनमा पछिल्लो दशकयता जनसंख्या वृद्धिदर कम रहेको तथ्यांक विभिन्न अध्ययनहरुले देखाएको छ। यसबिच चीनले आफ्नो सन्तान नीतिमा परिवर्तन गर्दै तीन सन्तान नीति अबलम्बन गरेको हो।

चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो बैठकपछि राष्ट्रपति सी जिनपिङले नयाँ सन्तान नीति स्वीकृत गरेका हुन्।

यसअघि चीनमा दुई सन्तान मात्रै जन्माउन अधिकार दिइएको थियो। सन् २०१६ अघि चीनमा एक सन्तान नीति थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell