PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

वाग्मतीमा कारोना रोकथामका लागि ३१ करोड ८९ लाख बजेट



वाग्मतीमा कारोना रोकथामका लागि ३१ करोड ८९ लाख बजेट

हेटौंडा : प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत सोमबार बसेको दोस्रो बैठलाई सम्बोधन गर्दै मुख्यमन्त्री डोरमणी पौडेलले वाग्मती प्रदेश सरकार कोरोना रोकथाममा लागि परेको बताएका छन्।

उनले प्रदेश सरकारले कोरोना रोकथामका लागि ३१ करोड ८९ लाख बजेट उपलब्ध गराएको जानकारी दिए।

सरकारले हाल प्रदेश मातहतका अस्पतालमा आईसोलेशन बेड, आईसियु बेड स्थापना र पिसीआर मेशिन तथा टेष्ट किट खरिद गर्दै ल्याब व्यवस्थापन तथा उपकरण खरिदका लागि २० करोड , सिभिल अस्पतालमा १५० कोभिड बेड सञ्चालनका लागि २ करोड २४ लाख , ११९ स्थानिय तहका लागि कोभिड १९ रोकथाम उपचारका लागि ९ करोड ३५ लाख र सिन्धुली अस्पतालमा अक्सिजन बुस्टर जडानका लागि ३० लाख बजेट उपलब्ध गराइएको पौडेलले जानकारी दिए।

प्रदेशका ५ वटा अस्पताल र एक प्रयोगशालामा पीसीआर ल्याब रहेको र बाँकी अस्पतालमा ल्याब स्थापना गर्न पहिलो चरणमा ४ अस्पतालका पीसीआर मेशिन खरिद प्रक्रिय सुरु भएको उनले बताए। साथै, बाँकीमा दोस्रो चरणमा खरिद गर्ने योजना रहेको र यसका लागि २६ करोड बजेट आर्थिक मामिला मन्त्रालयबाट निकासा भइसकेको जनाइएको छ।

पौडेलले विभिन्न अस्पतालहरुको माग अनुसार ४ करोड ५० लाख रुपैयाँ बराबरको सामग्री खरिद गरि पठाएको र अस्पतालहरुका सुदृढिकरणका लागि प्रदेशमा थपिएका ५ अस्पतालहरुलाई ५ करोड ५० लाख बजेट जानकारी दिए।

प्रदेशमा 'ब्याक टु लाईफ' जर्मन सहयोगबाट सञ्चालित संस्थाले १ करोड ६० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell