PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

करिब ६५ सयजना भए कोरोना संक्रमण मुक्त, थपिए ४७६२ नयाँ संक्रमित



करिब ६५ सयजना भए कोरोना संक्रमण मुक्त, थपिए ४७६२ नयाँ संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ४ हजार ७६२ जनामा कोभिड १९ संक्रमण देखिएको छ। १५ हजार ५५ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार १७८ जनामा र २ हजार ४२५ जनाको एन्टिजेन परीक्षण गर्दा ५८४ जनामा संक्रमण देखिएको हो।

यस्तै, सोमबार दिउँसोसम्म ६ हजार ४९१ जना कोरोना संक्रमण मुक्त भएका छन्। हाल देशभर १ लाख ६ हजार ४७० जान संक्रिय कोरोना संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप ११४ जनाको मृत्यु भएको छ। देशभर हालसम्म ७ हजार ३८६ जना संक्रमितको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell