PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

कोरोना भाइरसको नयाँ भेरियन्टलाई दिइयो नयाँ नाम : युके भेरियन्टलाई 'अल्फा', इन्डियन भेरियन्टलाई 'डेल्टा'



कोरोना भाइरसको नयाँ भेरियन्टलाई दिइयो नयाँ नाम : युके भेरियन्टलाई 'अल्फा', इन्डियन भेरियन्टलाई 'डेल्टा'
फोटो : Getty Images

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोभिड-१९ को नयाँ भेरियन्टको नामाकरण गरेको छ। विभिन्न देशमा भेटिएका नयाँ भेरियन्टको नाम ग्रिक अल्फाबेटअनुसार राखिएको डब्लुएचओले जनाएको छ।

यसअघि जुन देशमा भेटिएको हो त्यही देशको नाम जोडेर भेरियन्टको नाम राखिने गरेकोमा अब नयाँ नाम राख्ने निर्णय डब्लुएचओले गरेको हो।

अब बेलायतमा भेटिएको भेरियन्टको नाम अल्फा हुने भएको छ। यसअघि बेलातयमा भेटिएको कोभिड-१९ भाइरसलाई युके भेरियन्ट भन्दै आएका थिए। त्यसैगरी दक्षिण अफ्रिकाको बेटा, ब्राजिलको गामा र भारतमा भेटिएको भेरियन्टको नाम डेल्टा हुने भएको छ। भारतमा भेटिएको नयाँ भेरियन्ट (B.1.617.2)लाई इन्डियन भेरियन्ट नाम राखिएको थियो। नेपालमा भेटिएको नयाँ भेरियन्ट पनि (B.1.617.2) नै भएको बताइन्छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell