PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

चीनबाट थप ८ लाख डोज खोप आज आइपुग्दै



चीनबाट थप ८ लाख डोज खोप आज आइपुग्दै

काठमाडौं : चीनबाट थप ८ लाख डोज कोभिड-१९ विरुद्ध खोप आज नेपाल आउँदै छ। चीन सरकारले थप घोषणा गरेको कोभिड-१९ विरुद्धको १० लाख डोज खोपमध्ये आज ८ लाख डोज खोप नेपाल आउन लागेको हो। 

खोप लिनका लागि सोमवार राती नेपाल वायुसेवा निगमको एयरबस ३३० बेइजिङ गएको हो। बेइजिङबाट खोपसहित स्वास्थ्य  सामाग्री लिएर विमान नेपाल आउन लागेको हो। 

साता अगाडि चिनियाँ राष्ट्रपति सि जिनफिङले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन सम्वादका क्रममा १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराउने घोषणा गरेका थिए। सोही अनुरुप ८ लाख डोज नेपाल आउन लागेको हो। बाँकी दुई लाख डोज तिब्बत सरकारले उपलब्ध गराउने बताइएको छ। 

यसअघि नेपाललाई चीनले नेपाललाई ८ लाख डोज अनुदानमा खोप उपलब्ध गराइसकेको छ। त्यस्तै चीनले अक्सिजन लगायतका स्वास्थ्य सामाग्री पनि हस्तान्तरण गरेको हो। चीनले २० लाख अक्सिजन सिलिण्डर उपलब्ध गराउने घोषणा गरेको थियो। 

आइतवार मात्र नेपालले ८०० सिलिण्डर, २०० आइसीयु बेड, ४५ भेन्टिलेटर, १० अक्सिजन कन्सन्ट्रेटर, १५ हजार एन्टिजिन किट, २० अटोमेटेड एनालाइजर, १० डाक्टर मेसिन, २० अल्ट्रासाउन्ड र ३० अनेस्थेसिया मेसिन तातोपानीबाट नेपाल भित्रिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell