विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोभिड १९ को विभिन्न भेरियन्टहरुको नामाकरण गरेको छ। हाल भेरियन्ट पत्तालागेको देशको नामबाट चिनिने गरिएको भन्दै डब्लुएचओले भेरिन्टलाई नयाँ नाम दिएको हो। अबदेखि ती भेरियन्टहरु ग्रीक अल्फाबेटबाट चिनिनेछन्।
हाल विश्वभर कोरोनाका चारवटा भेरियन्टको पहिचान भइसकेको छ। अन्य भेरियन्टहरुको बारेमा पनि अनुसन्धान भइरहेको छ।
डब्लुएचओका अनुसार बेलायतमा फेला परेको बी११७ भेरियन्ट अबदेखि अल्फा भनेर चिनिनेछ। दक्षिण अफ्रिकामा पहिचान भएको बी१३५१ भेरियन्टको नाम बेटा हुनेछ भने ब्राजिलमा फेला परेको पी१ भेरियन्ट गाम्मा भनेर चिनिनेछ।
निकै संक्रामक मानिएको भारतीय भेरियन्ट बी१६१७२ लाई डेल्टा नाम दिइएको छ।
भेरियन्ट अफ इन्ट्रेस्ट बी१६१७१ लाई कप्पा भनिएको छ। इपसिलन, जेटा, इटा, थेटा, ओटालाई पनि भेरियन्ट अफ इन्ट्रेस्टको रुपमा राखिएको छ।
भेरियन्टहरुको वैज्ञानिक नाम भने परिवर्तन हुने छैन। राष्ट्रको नामले कोरोना भाइरसको भेरियन्टलाई चिनाउँदा त्यो अन्याय हुने भन्दै डब्लुएचओ ग्रीक अल्फाबेटमा नाम राख्ने निर्णय गरेको हो।
अब पत्ता लाग्ने नयाँ भेरियन्टहरुको नाम ग्रीक अल्फाबेटबाटै राखिनेछ।