PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा, छलफलमा दुई एजेण्डा



एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा, छलफलमा दुई एजेण्डा

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा जारी छ। आइतबार र सोमबार स्थगित भएको बैठक अहिले बालुवाटारमा बसिरहेको एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्बाङले जानकारी दिए।

आजको बैठकमा एमालेको माधवकुमार नेपाल समूहका १२ जना नेतालाई स्पष्टीकरण सोधिएकोमा कारवाहीको एजेण्डामा र लुम्बिनी प्रदेशमा सोमबार सम्पन्न राष्ट्रिय सभाको उप-निर्वाचनमा एमालेको उम्मेद्वार पराजित भएको विषयमा छलफल हुँदैछ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेपाल सहित ११ नेतालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निष्काशन गरेका थिए। मंगलवारको बैठक अघि दोस्रो तहका नेताहरु ओली-नेपालबिच सहमति गराउन सक्रिय भएका थिए।

सम्बन्धित समाचार : एमालेमा फेरि 'युद्धविराम'को प्रयास, ओली-नेपाललाई मिलाउन भित्रभित्रै बैठक

सोमबार राति दुवै समूहका नेताहरुबिच छलफल भएको भए पनि सहमति भने भइसकेको छैन्। ओलीले नेपाल समूहका थप नेतालाई कारवाहीको तयारी गरेपछि नेपाल समूह भने फरक पार्टी दर्ताको तयारीमा लागेको छ।

एमालेको बिवाद मिलाउन १० सदस्यीय कार्यदल बनेको थियो। ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उक्त कार्यदल निस्क्रिय बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell